चौरजहारीमा एक पुरुष मृत अवस्थामा फेला

चौरजहारीमा एक पुरुष मृत अवस्थामा फेला

सांकेतिक तस्बिर

मुसिकोट । रुकुम पश्चिमको चौरजहारीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

चौरजहारी नगरपालिका ४ का माझँगाउँका ६० वर्षिय भुपेन्द्र बुढाथोकी नगरपालिकाको वडा नम्वर २ र ४ को सिमाना पर्ने कालाखोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आईतबार दिउँसो खोलागाउँ हुँदै चौरजहारीतर्फ जाने नहरमा बुढाथोकीको शव फेला परेको हो । घर देखि करिब एक घण्टा टाढाको दुरीमा बुढाथोकीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

प्रहरी अनुसार बुढाथोकीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार