कृषकलाई तरकारीको बिउ वितरण

कृषकलाई तरकारीको बिउ वितरण

सुर्खेतको गुर्भाकोट र भेरिगंगा नगरपालिका कृषकलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थां लिमिटेड मेहलकुना शाखाले तरकारीको बिउ बितरण गरेको छ ।

मेरो माईक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था र पवित्र जनकल्याण कृषक सहकारी संस्थाले साझेदारी गरी तरकारी को बिउ बितरण गरेको हो। पबित्र सहकारी र मेरो माईक्रोफाइनान्स बिच बिभिन्न ६ प्रकारका तरकारी तथा मसला बालिमा ५०(५० प्रतिशत साझेदारी गरी बिउ बितरण गरेको पबित्र जनकल्याण कृषक सहकारी संस्थाका अध्यक्ष नवल सिंह खत्रीले जानकारी दिनुभयो।

भेरीगंगा र गुर्भाकोट नगरपालिका स्थित मेरो माईक्रोफाइनान्स लघुबित्त बित्तिय संस्थाका १० वटा केन्द्रमा बचत तथा कर्जाको कारोबारो गर्दै आउनु भएका १२० जना सदस्यहरू लाइ पहिलो चरणमा तरकारीको बिउ बितरण गरिएको हो। त्यस्तै असोज मसान्त भित्रमा त्यसक्षेत्रका करिब पाँच सय कृषकहरु लाइ बिउ बितरण गर्ने योजना रहेको मेरो माईक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था मेहलकुना शाखाका शाखा प्रवन्धक प्रकाश मडैले जानकारी दिनुभयो।

कृषक सदस्यहरुले मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय संस्था मेहलकुना शाखा अन्र्तरगत २०७३ साल देखि समुहमा आवद्ध भएर कारोबार गर्दै आएका छन ।

मेरोमाइक्रोफाइनान्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई बित्तीय सेवा दिदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार