फेरि पनि जन्मिदेउ

फेरि पनि जन्मिदेउ

दि फेरि पनि जन्म हुन्छ हुन्छ भने
नेपाल र नेपाली नागरिकका लागी
पुनः एकै पटकलाइ जन्म दाेहर्याइ देउ
 ईतिहास बिर्सीसके स्वाभिमान,गाैरवकाे
 गाैतमबुद्द,  सीता,भृकुटी  र जनक
 अमरसिंह,बलभद्र, भक्ती,देशप्रेमीकाे
 भिमसेन, धर्मभक्त,शुक्रराज,गंगालाल
दशरथ,लक्ष्मी,भानु, लेखनाथ र सम
 यस्तै यस्तै गाैरवगाथाका पुञ्ज पुञ्जहरू
सबै देशभक्ती राष्ट्र र राष्ट्रियताका जन मन
 बिशेश्वरकाेईराला मदन,भण्डारी समाजबाद
ब्याख्याता ,सुनैालाे नेपालका सपनाकार
  फेरि जन्मीदेउ पुण्यभूमि नेपाल र नेपालीकै
भाग्य ,निर्माण, न्याय, शान्ति र सृजनाकै लागि
यदि स्वर्गछ भने उठेर सगरमाथाकाे फेदीतिर
महाकाली देखि मेची, हिमालदेखी तराइसम्म
एकपटक नजर दर्षण गर केथियाे के के हुदैछ
 कृपया एक पटक त हेर नेपाल र नेपालीलाइ
तिमीले देखेका सपना यिनै थिए वा अरु अरू
याहा दिउसै गलत ब्याख्या गर्छन कसरी स्विकार्ने
यदि मिल्छ भने फेरि जन्मियर  साक्षात भइदेउ
फुट,झुठ, लुट कुटाकुट र  बेमानी दिनहु मैालायाे
सत्यता दुब्लायाे असत्य,छल,कपट,भ्रष्ट उर्लियाे
गरीवी झनै बढ्याे शान्ति,सहनशिलता  झनै लुप्त
कतिसम्म जनहरू आशातित सबैकाे मन ढुङ्गा भाे
प्रकृतिका काख समीप भएरपनि मरुभुमिझै भयाे
न्याय ,नैतिक्तता, इमानदारी, कर्तब्य सदभाव हरायाे
केके हाे अझै पशुपति,स्वयम्भूकाे पनि दृष्टी हरायाे
यस्तै हाेभने  पराइकाे निर्देशनमा  भूमि  लत्तिने भाे
राष्ट्र, राष्ट्रियता ,अखण्डता शरदमै धमिलिने  भयाे
थिती,बिधी,नीति  समानता कुरामै सिमित हुनेभाे
जनजन,मनमनमा राेदन, बेदना, दुस्साहस रहने भाे
  तिम्राे ब्याख्याकाे नेपाल र नेपाली अझै  नहुने भाे
 यी सबै निमिट्यान्न गर्न तिमी फेरि जन्मनै पर्ने भाे
बिन्ती छ ईतिहासका गाैरव सपूत जन्मिनैपर्ने भाे
 मिल्छ भने एकपटक भए पनि जन्मनै पर्ने भयाे
नेपाल,नेपाली,पुनर जन्मले जीउदाे पार्नै पर्नेभाे
 दुःख नमान संघर्षबाट एकपटक पुनः जन्मीदेउ
नेपाल ,नेपालीकाे  हितमा  फेरिपनि  जन्मी देउ  ।
                        -चिन्ताराम शर्मा
                    आठबिसकाेट १४
                    रूकुम,पश्चिम

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार