मुसिकाेटमा अटो दुर्घटना हुँदा सात जना घाईते

मुसिकाेटमा अटो दुर्घटना हुँदा सात जना घाईते

मुसिकाेट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ मा अटो दुर्घटना हुँदा सात जना घाईते भएका छन् ।

आईतबार मुसिकोट खलंगाबाट छिवाङतर्फ जाँदै गरेको रा १ ह ६९५२ नम्वरको अटो दुर्घटना हुँदा सात जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार दुर्घटनामा परी घाईते हुनेहरूमा मुसिकाेट नगरपालिका वडा नम्बर १४ का सुशील बिष्ट, मुसिकोट नगरपालिका १ का एक्क बहादुर बुढा, राम बहादुर ददेल, मुसिकोट नगरपालिका ५ का चन्द्र बहादुर बोहरा, मुसिकोट नगरपालिका १४ का बिशाल बिष्ट, कपिल बिष्ट र रुकुम पूर्वको भूमे गाउँपालिका ५ का दिलिप बिक रहेका छन् ।

घाईतेहरु ७ जना मध्ये २ जनालाई थप उपचारको लागि एम्बुलेन्स मार्फत काठमाडौं लगिएको छ । घाईतेहरु सुशील विष्ट र कपिल विष्टलाई उपचारको लागि काठमाडौं रिफर गरिएको हाे ।

अन्य ५ जना घाईतेहरुकाे अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ । अटो अनियन्त्रित भई दुर्घटना भएको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार