जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण

जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण

फलफुल वितरण गर्दै मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी ।

मुसिकोट । बरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम स्मृति प्रतिष्ठान रुकुम पश्चिमले जिल्ला अस्पताल सल्लेमा उपचाररत विरामीलाई फलफुल वितरण गरिएको छ । प्रतिष्ठानले आइतबार अस्पतालमा पुगेर उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गरेको हो ।

अस्पतालमा भर्ना भएका ३९ जना विरामीलाई फलफुल वितरण गरिएको बरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम स्मृति प्रतिष्ठानकी अध्यक्ष भक्त कुमारी गौतमले जानकारी दिनुभयो । फलफुल वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले डाक्टर नवराज गौतमको योगदान अतुलनिय रहेको बताएका थिए ।

फलफुल वितरण कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी, पूर्व नगर प्रमुख देवीलाल गौतम, रुकुमेली क्याम्पसका क्याम्पस प्रमुख मिन बहादुर पुन, नेपाल बार यशोसिएशनका अध्यक्ष रत्न बहादुर खड्का, अस्पताल विकास समितिका अध्यक्ष टेक बहादुर कुसारी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसी लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार