विजयादशमीको अवसरमा पत्रकार र कर्मचारी बिच मैत्रीपूर्ण फुटबल

विजयादशमीको अवसरमा पत्रकार र कर्मचारी बिच मैत्रीपूर्ण फुटबल

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ बोहरागाउँमा साेमबार शुभकामना आदान प्रदान तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको आयोजनामा विजयादशी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।

चाडपर्वहरुले आपसी भाईचारा बृद्धि गर्ने र आपसी सम्बन्ध सुमधुर बनाउने भएकाले सोहि अवसरमा कार्यक्रम आयोजना गरिएको पत्रकार महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष लक्ष्मण केसीले शुभकामना साटासाट गर्नुका साथै मैत्रीपूर्ण खेल मार्फत खेल क्षेत्रको विकास र सम्बन्ध थप सुधारका लागि खेल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

फुटबल प्रतियोगिता त्रिपक्षिय रुपमा भएको थियो । मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीको टिमले जित हात पारेको छ । विजेता टोलीले खसी हात पारेको हाे ।

जिल्लास्थित पत्रकार, कर्मचारी र सुरक्षाकर्मीका बिचमा भएको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीको टिमले पत्रकार र सुरक्षाकर्मीको टोलीलाई पराजित गरेको पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

कर्मचारी र पत्रकारका बिचमा भएको पहिलो खेलमा कर्मचारीको टिम १–० ले विजयी भयो । त्यसपछि कर्मचारी र सुरक्षाकर्मीको टोली भिडेको थियो । जसमा कर्मचारीको टोली पेनाल्टी सुट आउटमा १–० ले विजयी भयो । निर्धारित ४० मिनेट र थपिएको १० मिनेटमा दुवै तर्फबाट ३–३ गोल भएपछि खेल पेनाल्टी सुट आउटमा भएको थियो ।

महासंघका अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चण्डीदल गणका गणपति प्रमुख सेनानी शरद थापा, प्रहरी नायव उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायव उपरिक्षक सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरु, जिल्लाका क्रियाशिल पत्रकारहरु लगायतको आतिथ्यता रहेको थियो ।

महासंघका जिल्ला सदस्य दिपेन्द्र महताराले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन सचिव हिरा परियारले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार