मुसिकाेटकाे एक होटेलमा महिलाको शव फेला

मुसिकाेटकाे एक होटेलमा महिलाको शव फेला

मुसिकाेट । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङगाको एक होटलमा एक महिलाको शव फेला परेको छ ।

आज बिहान जिल्लाकाे मुसिकोट नगरपालिका वडा नम्बर १ मा रहेको होटेल सत्कारमा मुसिकाेट नगरपालिका वडा नम्बर ७ साँखकी २८ वर्षिया भावना बिक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरिक्षक धर्मेन्द्र खड्काका अनुसार होटेलको कोठा नम्वर १ मा मंगलबार बिहान महिलाको शव फेला परेको थियो । त्रिवेणी गाउँपालिका ठेगाना भएका विकास केसीको नामबाट गत आईतबार होटलको कोठा बुक भएको देखिन्छ ।

सिरकले शव छोपेको अवस्थामा महिलाको शव रहेको थियो । सिरक उठाएर हेर्दा टाउकोमा कपडा बाँधिएको र रक्ताम्य अवस्थामा शव रहेको छ । घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक खड्काले घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान टोली आउन लागेको जानकारी दिनुभयो ।

कुकुरसहितको टोली आउन लागेकोले शव चलाईएको छैन । अहिले होटेलमा प्रहरीले सुरक्षा दिइरहेको

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार