जन्मदिनको अवसरमा क्याम्पसमा अक्षयकोष स्थापना

जन्मदिनको अवसरमा क्याम्पसमा अक्षयकोष स्थापना

मुसिकाेट । रुकुम पश्चिमकाे आठविसकाेट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मणि राज शाहले आफ्नो जन्मदिनको अवसर पारेर क्याम्पसमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

शाहले बुधबार आफ्नो ४२ औं जन्मदिनको अवसरमा जिल्लाकाे आठबिसकोट नगरपालिका वडा नम्बर ९ स्थित राडीज्युला शिक्षा क्याम्पसमा दुई लाख एघार हजार एक सय रुपैयाँ बराबरकाे अक्षयकोष स्थापना गर्नुभएको हाे ।

क्याम्पसमा अध्यनरत गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा समस्या नहोस् भनेर अक्षयकोष स्थापना गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहले बताउनुभयो ।

शाहले बुवा बिरेन्द्र कुमार शाह र आमा प्रेमा शाहको नाममा बिरेन्द्र प्रेमा स्मृति पुरस्कारकाे अक्षयकोष स्थापना गर्नुभएको हाे । उक्त अक्षयकोष बाट क्याम्पसमा विएड चौथो वर्षमा अध्ययनरत उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार स्वरुप रकम प्रदान गरिने छ ।

त्यस्तै क्याम्पस प्रशासनले शाहले अक्षयकोष स्थापना गरिदिएर क्याम्पस तथा विद्यार्थीको हौसला बढाएको बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार