जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक सञ्चालन

जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक सञ्चालन

मुसिकाेट । बिरामीहरुलाई रगतको सहज ब्यवस्थाका लागि जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक स्थापना गरिएको छ। मुसिकोट नगरपालिका, रूपान्तर नेपाल र नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमकाे सहयोग र सहकार्यमा स्थापन गरिएको बल्ड बैंककाे साेमबार मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभएको हो ।

२०४५ सालमा स्थापना गरिएको यो अस्पतालबाट हाल ४० शय्याको सेवा प्रवाह भइरहेको छ । तर अस्पतालले १५ शय्याको मात्रै अनुमति पाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुसारीले रगत आवश्यक पर्दा दाता खोज्दै हिँड्नुपर्ने विगतको समस्या अब उप्रान्त समाधान हुने विश्वास व्यक्त गरे ।

जिल्ला अस्पताल, मुसिकोट नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको विशेष सक्रियता र पहल तथा रूपान्तर नेपालको करिब ३० लाख रूपैयाँ आर्थिक सहयोगमा ब्लड बैंकको स्थापना गरिएको बताईएकाे छ ।

जिल्ला अस्पताल सल्लेमा यसअघि ब्लड बैंक नहुँदा सुत्केरी आमा, रगत चाहिकेका विरामि र दुर्घटनामा परेका विरामिहरुको लागि रगतको जोहो गर्न निकै समस्या हुने गरेको थियो ।

अब अस्पतालमा ब्लड बैंक स्थापना भएपछि रगत अभावमा कुनै पनि विरामिलाई बाहिर पठाउनु पर्ने अवस्थाको अन्त्य हुने विस्वास लिईएको छ । जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक स्थापना भएसंगै रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका विरामिलाई सहज हुने  । अहिले जिल्ला अस्पताल सल्लेमा रुकुम पूर्व र रोल्पाका केहि भागबाट प्रसुति सेवाको लागि गर्भवति महिलाहरु आउने गर्छन । ब्लड वैंकमा तीन सय पोका ब्लड स्टोर गर्न सकिने बताईएकाे छ ।

जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक स्थापना भएसंगै अब जिल्लामा ब्लड बैंक संख्या दुई पुगेकाे छ । यो भन्दा पहिला जिल्लाको चौरजहारी नगरपालिकामा ब्लड बैंक स्थापना भैसकेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार