दुर्घटना न्युनिकरणको लागि अटो व्यवसायीसँग छलफल

दुर्घटना न्युनिकरणको लागि अटो व्यवसायीसँग छलफल

मुसिकाेट । दुर्घटना न्युनिकरणको लागि रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले अटो व्यवसायीहरु सग छलफल गरेको छ । पछिल्लो समयमा मुसिकोटमा सञ्चालन ल्याएका अटो दुर्घटना हुन थालेपछि नगरपालिकाले आईतबार अटो व्यवसायीहरुलाई छलफलका लागि बोलाएको थियो ।

नगर प्रमुख महेन्द्र केसीका स्वकिय सचिव सुर्य प्रकाश शर्माका अनुसार बैठकले नियमानुसार दर्ता नभएका अटो सञ्चालनमा तत्काल रोक लगाउने  र दर्ता नभई संचालन गरेको पाइएमा कारवाही गर्ने निर्णय गरेको छ ।

बैठकले ३ जना भन्दा बढी यात्रु नबोक्ने, ओरालो बाटोमा न्युट्रल नचलाउने, सवारी साधन चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने, गति सिमित गर्ने, रुट परमिट भन्दा अन्य रुटमा सवारी साधन नचलाउने निर्णय गरेको छ । त्यसैगरी लापरवाहीपुर्ण तरिकाले सवारी साधन नचलाएको, यात्रुहरुलाई अभद्र व्यवहार नगर्ने, तोकिएको दररेट भन्दा बढी भाडा नलिने, सवारी चालकले पालना गर्नुपर्ने ट्राफिक नियम र प्रचलित कानुन पालना गर्ने निर्णय गरेको शर्माले बताउनुभयो ।

मापदन्ड र प्रचलित कानुन अनुसार अटो संचालन गरे नगरेको सम्बन्धमा ट्राफिक प्रहरी, नजिकको सुरक्षा निकाय, नगर प्रहरी, जनप्रतिनिधिहरु, मुसिकोट नगरपालिकामा कार्यरत कर्मचारीहरु, वडा कार्यालयमा कार्यरत कर्मचारीहरुले अनुगमन नियमन गर्ने र मापदन्ड विपरित चलाएको पाइएमा तत्काल कारवाहीको दायरामा ल्याउने निर्णय समेत बैठकले गरेको छ ।

हाल मुसिकोट नगरपालिकामा १७ वटा अटोरिक्सा दर्ता भएको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार