सानीभेरीमा घाँस काट्न गएकी एक महिलाको भीरबाट खसेर मृत्यु

सानीभेरीमा घाँस काट्न गएकी एक महिलाको भीरबाट खसेर मृत्यु

मुसिकाेट । रुकुम पश्चिममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ ।

शनिबार बिहान जिल्लाकाे सानीभेरी गाउँपालिका ६ छहराकी ३५ वर्षिय धनसरी केसी देवकोटाको घाँस काट्ने क्रममा भिरबाट खसेर  मृत्यु भएको हो ।

वडा नम्वर ६ का वडा अध्यक्ष पहलसिंह घर्तीका अनुसार स्थानीय छहरे भिरबाट खसेर घटनास्थलमै उहाँको मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा करिब चार सय मिटर माथि भिरबाट खसेकाे बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार