बोहरागाउँमा अटो दुर्घटना हुँदा ५ घाइते 

बोहरागाउँमा अटो दुर्घटना हुँदा ५ घाइते 

मुसिकाेट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-४ बोहरागाउँमा अटो दुर्घटना भएको छ । शुक्रबार दिउँसो मुसिकोट खलंगाबाट सोलाबाङ तर्फ जाँदै गरेको रा १ ह ७३०९ नम्वरको अटाे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार दुर्घटनामा परेर ५ जना घाईते भएका छन् । उहाँका अनुसार अटोमा रहेका ८ जना यात्रु मध्य ३ जना भने सकुशल रहेका छन् ।

घाईतेहुनेहरुमा मुसिकोट नगरपालिका ११ की ३० बर्षिया मञ्जु ओली, सोहि वडाका २५ वर्षिय कृष्ण बिक, मुसिकोट नगरपालिका ४ बस्ने अर्चना सन्यासीको छोरा डिसिजन खड्का र मुसिकोट नगरपालिका ११ की २४ वर्षिय टिका ददेल र उहाँको १५ महिनाको छोरा नुवाक शेर्पाली रहेका छन् । घाईतेहरुलाई उपचारको लागि खलंगा बजारमा रहेको साझा मुराल अस्पतालमा ल्याईएको छ ।

प्रहरीका अनुसार घाईतेहरु नाबालक नुवाक शेर्पालीको अवस्था गम्भिर रहेको छ । उहाँको निधारमा चोट लागेको छ ।

अटोमा सवार घाईते मञ्जु ओलीका ४ बर्षिय छोरा लक्की ओली, मुसिकोट नगरपालिका ४ बस्ने अर्चना सन्यासी र उहाँको १७ महिनाको छोरी बेनिका खड्का भने सकुशल रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

अटो अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको बताईएको छ । अटो चालक मुसिकोट नगरपालिका ४ निवासी ३३ बर्षिय मनिराम कामीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार