रिगललाई आममाफी दिने निर्णय बदर गर्न सर्वोच्चको आदेश

रिगललाई आममाफी दिने निर्णय बदर गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जन्मकैद सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न आदेश दिएको छ ।

बिहिबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्न आदेश दिएको हो । सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे रिगलको कैद मिनाहा गर्ने निर्णय बदर भएको जानकारी दिनुभयो ।

संविधान दिवसका अवसरमा गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलसहित अन्यको कैद मिनाहा गर्नुभएको थियो ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । रिगललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

रिगल बाँकेकै चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जेल चलान भएका थिए । रिगलले आममाफी पाएपछि भारती शेर्पाले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार