विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

फाईल फाेटाे ।

रामेछाप विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले २ वरिष्ट क्याम्टेनको लाइसेन्स निलम्बन गरिएको जनाएको छ।

अर्को सूचना जारी नभएसम्मको लागि उनीहरुको लाइसेन्स निलम्बन गरिएको प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए।

शुक्रबार बिहान तारा एयरका दुई क्याप्टेन सन्तोष साह र सञ्जिव श्रेष्ठबीच रामेछापमा झगडा भएको थियो। उनीहरुले प्राधिकरणले तय गरेको सुरक्षाको मापदण्ड उल्लघंन गरेको प्राधिकरणले जनाएको छ।

‘पूर्ण छानविनपछि लाइसेन्स नै रद्द हुने कारबाहरी समेत हुनसक्छ,’ प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले भने।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार