रुकुम पश्चिममा शुक्रबार राति गएको भुकम्पको कारण घर भत्किदा एकै घरका ५ जनाको मृत्यु गएको छ ।
जिल्लाको आठविसकोट नगरपालिका-११ गोईरी सल्लेरी गाउँका स्थानीय शिला सेर्पाली र उहाँका ४ जना छोरीहरुको घर भत्किदा मृत्यु भएको जनकल्याण मावि गोईरीका प्रधानाध्याक रतिभान बिकले जानकारी दिनुभयो ।
उहाँका अनुसार आमा शिलासँगै सुतेका पाँच छोरीहरु मध्य माईली छोरीको भने जिवितै उद्धार गरिएको बताईएको छ । क्षतिको थप विवरण आउन भने बाँकि रहेको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।