भूकम्प : सानीभेरीमा ५ जनाको मृत्यु, १० जना घाईते

भूकम्प : सानीभेरीमा ५ जनाको मृत्यु, १० जना घाईते

मुसिकाेट । भूकम्पमा परी रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक धर्मेन्द्र खड्काका अनुसार जिल्लाकाे सानीभेरी गाउँपालिका वडा नम्वर २ परियार टोलका महाबिर दमाईको छोरी १२ वर्षिया मनिषा परियार, सानीभेरी गाउँपालिका १ चाईनाबगर निवासी ३१ वर्षिय धनबिर पुन, सोहि स्थानका २८ वर्षिया चुम्निमा पुन, ८ वर्षिय यमराज पुन र २ वर्षिय सितम पुनको मृत्यु भएको हो ।

त्यसैगरी भूकम्पको कारण सानीभेरी गाउपालिका वडा नम्वर १ मा मात्रै १० जना घाईते भएका छन् । जिल्लाका अन्य स्थानमा पनि मानविय क्षति भएको सूचना आएको र विवरण संकलन हुँदै गरेको प्रहरी निरिक्षक खड्काले बताउनुभयो ।

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार