जाजरकोटमा उपप्रमुख सिंहसहित २१ जनाको मृत्यु

जाजरकोटमा उपप्रमुख सिंहसहित २१ जनाको मृत्यु

भुकम्पमा परी जाजरकोटकाे नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित जाजरकोटमा मात्र हालसम्म २१ जनाको मृत्यु भएको छ ।

जाजरकोटकाे सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उहाँको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिनुभयो । ‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ रोकाले भन्नुभयो । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित हुनुभएको थियोे ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार अहिलेसम्म भेरी नगरपालिकामा १० जना, कुशे गाउँपालिकामा ८ जना र नलगाढ नगरपालिकामा ३ जनाको मृत्यु भएकाे पुष्टि भएकाे हो ।

अहिले खलंगा जिल्ला अस्पतालमा ३५ जनाकाे उपचार भइरहेकाे छ भने घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी छ ।

शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार