रुकुम पश्चिममा भूकम्पले घर भत्किदा पाँच जनाको मृत्यु

रुकुम पश्चिममा भूकम्पले घर भत्किदा पाँच जनाको मृत्यु

रुकुम पश्चिममा शुक्रबार राति गएको भुकम्पको कारण घर भत्किदा एकै घरका ५ जनाको मृत्यु गएको छ ।

जिल्लाको आठविसकोट नगरपालिका-११ गोईरी सल्लेरी गाउँका स्थानीय शिला सेर्पाली र उहाँका ४ जना छोरीहरुको घर भत्किदा मृत्यु भएको जनकल्याण मावि गोईरीका प्रधानाध्याक रतिभान बिकले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमा शिलासँगै सुतेका पाँच छोरीहरु मध्य माईली छोरीको भने जिवितै उद्धार गरिएको बताईएको छ । क्षतिको थप विवरण आउन भने बाँकि रहेको छ ।  शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार