आठविसकोटका जनप्रतिनिधि र कर्मचारीले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

आठविसकोटका जनप्रतिनिधि र कर्मचारीले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

आठबीसकोट नगरपालिका

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक महिनाको तलब भूकम्प पीडितलाई दिने निर्णय गरेका छन ।

नगर प्रमुख रवि केसीले शनिवार कार्यपालिका बैठक गरेर शोक बिदासहित अन्य निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने, नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिले एक–एक महिनाको तलब, भत्ता पालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय समेत भएको छ ।

त्यसैगरी तत्कालका लागि मृत्यु भएका परिवारलाई २५ हजार दरले कृयाखर्च उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले गरेको छ । बैठकले उपप्रमुख धनकुमारी शाहीको संयोजकत्वमा ११ सदस्यीय विपद् क्षति लगत सङ्कलन मूल्याङ्कन समिति गठन गरेको छ भने सहयोगका लागि विभिन्न दातृ निकाय, सङ्घ संस्थालाई अपिल गरेको छ । नगरपालिकाले आजदेखि राहत वितरणको काम सुरु गर्ने जनाएको छ ।

भूकम्पको कारण आठबिसकोट नगरपालिका क्षेत्रमा ४२ जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार