नेपाल वायुसेवा निगमले भूकम्पका घाइते र कुरूवाको हवाई भाडा नलिने

नेपाल वायुसेवा निगमले भूकम्पका घाइते र कुरूवाको हवाई भाडा नलिने

नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र कुरुवाहरुको हवाई भाडा निःशुल्क गर्ने निर्णय गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत घाइते र कुरुवाको भाडा नलिने निर्णय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो। उहाँका अुनसार नेपाल सरकारको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने राहत सामग्री ढुवानी निःशुल्क गर्ने निर्णय समेत निगमले गरेको छ ।

जहाजको क्षमता, ठाउँ उपलब्धताका आधारमा निगमको उडान हुने सेक्टरबाट सेड्यूल उडानमा निःशुल्क ढुवानी गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

शनिबार बिहान ८ः१७ बजे रुकुम तर्फ उडान भरी नेपाल सरकारको समन्वयमा घाइतेहरुलाई नेपालगञ्ज तथा काठमाण्डौं सम्म उद्धार उडान गरेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार