भूकम्पबाट रुकुम पश्चिममा २ हजार १३६ घर पूर्ण क्षति

भूकम्पबाट रुकुम पश्चिममा २ हजार १३६ घर पूर्ण क्षति

मुसिकाेट । रुकुम पश्चिममा भूकम्पले २ हजार १३६ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन । २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार स्थानीय तहहरु सग समन्वय गरि सकलन गरिएको प्रारम्भिक क्षतिकाे विवरणमा रुकुम पश्चिममा २ अर्ब ४५ कराेड ५ लाखको क्षति भएको देखिएको छ। उहाँका अनुसार क्षतिकाे बिवरण सकलनकाे काम जारी रहेको छ ।

खोज तथा उद्धारको कार्य पश्चात भूकम्प प्रभावित र पीडितहरुलाई राहत वितरण गर्ने प्रयोजनार्थ जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीमार्फत राहत वितरणकाे काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । आईतबार बाट राहत वितरणको काम सुरु गरिएकाे छ ।

कुनै व्यक्ति, संघसस्था तथा निकायहरुले राहत उपलब्ध गराउन चाहेमा जिल्ला विपद् व्यवस्थापन समितिको कार्यालय (जिल्ला प्रशासन कार्यालय) मा विपद् व्यवस्थापन सम्पर्क व्यक्ति सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल र सहायक विपद् ब्यवस्थापन सम्पर्क व्यक्ति दिलिप बुढाथोकीसंग सम्पर्क गर्नहुन अनुरोध गरिएको छ ।

विपद् व्यवस्थापन राहत सामाग्रीहरु स्थानीय तह र वडाहरुमा हस्तान्तरण गरेर वितरण गर्ने प्रवन्ध मिलाइएको समेत प्रजिअ पन्तले जानकारी दिनुभयो ।

भूकम्पको कारण जिल्लामा ५२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाईते भएको बताईन्छ । घाईतेहरु मध्य २७ जनालाई थप उपचारको लागि सुर्खेत, नेपालगंज र काठमाडौं पठाईएको छ भने १७४ जना डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुमा अहिले २६ को उपचार भईरहेको छ ।

जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाई गएको भूकम्पले रुकुमपश्चिमका आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाका विभिन्न स्थानहरुमा ठुलो क्षति पुगेको छ । मानविय क्षति भने आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार