भूकम्प प्रभावितबस्ती : उद्धारमा डिभिजन वन कार्यालयको टोली

भूकम्प प्रभावितबस्ती : उद्धारमा डिभिजन वन कार्यालयको टोली

भूकम्पले क्षति गरेका विभिन्न स्थानमा पुगेर डिभिजन वन कार्यालय रुकुम पश्चिमको टोलीले उद्धारका विभिन्न कामहरु गरिरहेको छ ।

मंगलबार भूकम्पबाट प्रभावित क्षेत्र आठविसकोट नगरपालिका वडा नम्वर १४ मा उद्धार कार्यमा सक्रिय उक्त टोलीले बुधबार सानीभेरी गाउँपालिका ४ बलिबांगमा उद्धारका विभिन्न काम गरेको छ ।

कार्यालयको २० जनाको टोली भूकम्पपछिको उद्धार कार्यमा सक्रिय रहेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।

उद्धारको क्रममा वन कार्यालयको टोलीले भूकम्पको कारण पुरिएका धनमाल, कागजात, अन्नपात निकालेर पीडित तथा प्रभावित परिवारलाई बुझाउने काम गरिरहेको छ । यसका साथै प्रभावितहरुको घरमा टेन्ट निर्माण गर्ने, त्रिपाल लगाउने लगायतका काममा सहयोग गरिरहेको छ ।

कार्यालय प्रमुखकै नेतृत्वमा रहेको यो टोलीले विपत्तिको अवस्थामा थोरै भएपनि मल्हम लगाउने प्रयन्त गरिरहेको छ । वन कार्यालयका कर्मचारीहरुले गरिरहेको यस कार्यले प्रभावित परिवारहरुलाई धेरै नै सघाउ पुगेको बताईन्छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार