जाजरकोटको राहत सामाग्री रुकुम पश्चिम ल्याएको छैन : प्रजिअ पन्त

जाजरकोटको राहत सामाग्री रुकुम पश्चिम ल्याएको छैन : प्रजिअ पन्त

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सरकार र सामाजिक संघसस्थाले जाजरकोट पठाएका राहत सामग्री रुकुम पश्चिम आठविसकोट नगरपालिकामा पुर्‍याएर वितरण गरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बिहीबार विज्ञप्ति जारी गर्दै भ्रामक समाचारप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।

समाचारमा भनिएजस्तो राहत सामाग्रीहरूको वितरणका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा समेत कुनै अभिलेख नरहेको र सम्बन्धित आठविसकोठ नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतसँग बुझ्दा सामग्री विवरण नभएको जानकारीमा आएको प्रशासनले जनाएको छ ।

‘जिल्लामा विभिन्न निकायहरूबाट प्राप्त राह सामग्री वितरण जिल्ला प्रशासनमा अभिलेखांकन गरी सम्बन्धित स्थानीय तहहरूमा वितरणका लागि पठाउने गरिएको भन्दै विपतका बेला भ्रम फैलाउनुको साटो बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार