भूकम्प : घाइते नगर प्रहरीको उपचारका क्रममा मृत्यु

भूकम्प : घाइते नगर प्रहरीको उपचारका क्रममा मृत्यु

मुसिकोट । भूकम्पमा परेर घाइते भएका रुकुम पश्चिममा थप एकजनाको मृत्यु भएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका १ घारिगाउँ निवासी २२ वर्षिय निरोज विष्टको उपचारका क्रममा शुक्रबार विहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक नवराज भटराईका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत विष्टको मृत्यु भएको हो । उहाँ चौरजहारी नगरपालिकामा नगर प्रहरी जवानमा कार्यरत हुनुहुन्थ्यो ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार वडा नम्बर ८ को गोइरी जिउलामा ढुंगा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिएका बिष्ट भूकम्प आएपछि उद्धारमा जाने क्रममा गोइरी जिउलामै घाइते हुनुभएको थियो । मोटरसाइकलमा जादै गर्दा माथिबाट पहिरो खस्दा उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो ।

यस संगै भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ५३ जना पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार