भूकम्प पीडितलाई निजामती कर्मचारी संगठनको ४ लाख ७५ हजार सहयोग

भूकम्प पीडितलाई निजामती कर्मचारी संगठनको ४ लाख ७५ हजार सहयोग

मुसिकोट । रुकुम पश्चिमका भूकम्प पीडितका लागि नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिले आर्थिक सहयोग गरेका गरेको छ । संगठनले भूकम्प प्रभावितहरुको सहयोगार्थ चार लाख पचहत्तर हजार रुपैयाँ सहयोग गरेको संगठनका उप-महासचिव रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

शुक्रबार संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईराला लगायतको टोलिले जिल्ला विपद व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई भूकम्प पिडितको उद्धार र पुनर्स्थापनाका लागि चेक हस्तारण गरेकाे हो ।

चेक हस्तान्तरण कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष रेवन्त गौतम, प्रभास साह, कर्णाली प्रदेश ईन्चार्ज तुलाराम गिरी ,उप-महासचिव रामचन्द्र अधिकारी, कोषाध्यक्ष गणेश आचार्य, पेशागत महासंघ नेपालका राष्ट्रिय समिति सदस्य प्रकाश खड्का, केन्द्रीय सदस्य शंकर भट्टराई , कर्णाली प्रदेश महासचिव राजेश आचार्य , सचिव मनोज केसी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै संगठनले बिहिबार जाजरकोटका भूकम्प पिडितहरुको लागि जिल्ला विपद व्यवस्थापन समिति मार्फत छ लाख पचहत्तर हजार रुपैयाँको चेक हस्तारण उपमहासचिव अधिकारीले जानकारी दिनुभयो ।

गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी रुकुम पश्चिममा ५३ जनाको मृत्यु भएको थियो भने सयौ जना घाईते भएका छन् । भूकम्पका कारण रुकुम पश्चिममा भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार