रुकुम पश्चिमका दश प्रहरी कार्यालयमा क्षति, पालबाट सेवा

रुकुम पश्चिमका दश प्रहरी कार्यालयमा क्षति, पालबाट सेवा

भवन चर्किएपछि पालबाट सेवा दिँदै ईलाका प्रहरी कार्यालय आठबिसकोट ।

मुसिकोट । गत शुक्रबार गएको भूकम्पले रुकुम पश्चिममा १० वटा प्रहरी कार्यालयहरूमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार १० वटा प्रहरी कार्यालय मध्ये ५ वटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने बाँकी पाँच वटामा आंशिक क्षति पुगेको छ ।

भूकम्पले जिल्ला प्रहरी कार्यालयको भवन पनि चर्किएको छ । पुरानो भवन भएकाले पुरै चर्किएकाले बस्न मिल्ने अवस्था नभएको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

यस्तै प्रहरी चौकी पुर्तिमकाँडाको भवन, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लि र इलाका प्रहरी कार्यालय आठबिसकोटको भवन पूर्ण रूपले भूकम्पले क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार सिम्लि प्रहरी चौकी अहिले अरूको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट प्रहरी पालबाट सेवा दिइरहेको छ ।

बाँकी अस्थायी प्रहरी पोष्ट साँख, स्यालाखदी, प्रहरी चौकी पिपल, झुल्नेटा र इलाका प्रहरी चौकी चौरजहारीमा आंशिक रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार