भूकम्प पीडितलाई कर्मचारी मिलन केन्द्रको पचास हजार सहयोग

भूकम्प पीडितलाई कर्मचारी मिलन केन्द्रको पचास हजार सहयोग

मुसिकोट । रुकुम पश्चिमका भूकम्प पीडितका लागि कर्मचारी मिलन केन्द्र रुकुम पश्चिमले आर्थिक सहयोग गरेका गरेको छ ।

कर्मचारी मिलन केन्द्रले भूकम्प प्रभावितहरुको सहयोगार्थ पचास हजार ५०५ रुपैयाँ सहयोग गरेको छ ।

शुक्रबार कर्मचारी मिलन केन्द्रका अध्यक्ष मोहन कुमार केसीले सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाललाई जिल्ला विपद व्यवस्थापन समितिको खातामा जम्मा हुने गरि भूकम्प पिडितको उद्धार र पुनर्स्थापनाका लागि चेक हस्तारण गर्नुभएको छ ।

गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी रुकुम पश्चिममा ५३ जनाको मृत्यु भएको थियो भने सयौ जना घाईते भएका छन् ।

भूकम्पका कारण रुकुम पश्चिममा भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार