भूकम्प पीडितको लागि वडाअध्यक्ष जैसीद्धारा एक लाख सहयोग

भूकम्प पीडितको लागि वडाअध्यक्ष जैसीद्धारा एक लाख सहयोग

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष भिमप्रसाद जैसीले भूकम्प पीडितहरुको सहयोगका लागि व्यक्तिगत रूपमा एक लाख रुपैया सहयोग गर्नुभएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार वडाअध्यक्ष जैसीले चौरजहारी नगरपालिका प्रकोप व्यवस्थापन कोषको खाता एक लाख रकम जम्मा गर्नुभएको हो ।

भूकम्पमा परी घरवार विहिनहरुको घर पुनर्निर्माण, राहत लागि थोरै भएपनि सहयोग पुगोस भनेर सकेको सहयोग गरेको वडाअध्यक्ष जैसीले वताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार