भूकम्प प्रभावितका लागि घुम्ती स्वास्थ्य शिविर

भूकम्प प्रभावितका लागि घुम्ती स्वास्थ्य शिविर

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भूकम्प प्रभावितहरुका लागि घुम्ती स्वास्थ्य शिविर सुरु गरिएको छ ।

आठविसकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको समन्वयमा मानव विकास तथा सामुदायिक सेवा लगायतका निकायको संयुक्त आयोजनामा भूकम्प प्रभावितहरुका लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

दुई दिने स्वास्थ्य शिविर अन्तर्गत आज पहिलो दिन आठविसकोट नगरपालिका १४ को घेत्मामा स्वास्थ्य चौकी र पिपलचौरमा संचालन भएको शिविरमा २२९ जना बिरामीले सेवा लिएको आयोजक संस्था मेहर परियोजनाका संयोजक बासुदेव सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा डाक्टर मणिन्द्र कँडेलसहित आठ जनाको स्वाथ्यकर्मीहरुको टोली खटिएको छ ।

शिविरमा नाम, कान, घाँटी, ज्वरो, ग्याष्टाईटिस, एलर्जि, रुँखाखोकी, झाडापखाला, निमोनिया जस्ता समस्या भएका बिरामीहरुको उपचार गरिएको छ। घेत्मापछि आजै उक्त टोलीले पिपलचौरमा पनि शिविर सञ्चालन गरेको बताईएको छ ।

शिविरमा विभिन्न प्रकृतिका अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य जाँच, उपचार तथा परामर्श सेवा समेत प्रदान गरीएको सामुदायमा आधारित पुर्नस्थापना सेवाका सहजकर्ता सन्देश जैसीले जानकारी दिनुभयो ।

त्यस्तै दुई दिने घुम्ति शिविर आठविसकोट नगरपालिकाको वडा नम्वर १०, ११, १२, १३ र १४ मा सञ्चालन गर्ने बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार