भेरी दोभान माध्यमिक विद्यालयमा एमाले स्वयंसेवकले बनाए अस्थायी सिकाई केन्द्र 

भेरी दोभान माध्यमिक विद्यालयमा एमाले स्वयंसेवकले बनाए अस्थायी सिकाई केन्द्र 

मुसिकाेट । भूकम्पले क्षति भएको सानीभेरी गाउँपालिका–१ रुकुम पश्चिमको भेरी दोभान माध्यमिक विद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण गरिएको छ ।

विद्यालयमा नेकपा एमालेका स्वयंसेवकले अस्थायी सिकाई केन्द्रका लागि त्रिपालका टहरा निर्माण गरेका हुन् । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीबाट खटिएका स्वयंसेवकले अस्थायी कक्षा कोठा बनाएका नेकपा एमाले केन्द्रीय सदस्य एवं विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।

विद्यालयमा ३ सय ४० विद्यार्थी अध्ययन गरिरहेका छन् । भूकम्पको कारण सो विद्यालय भवनमा क्षति भएको छ । विद्यालयको कक्षा कोठा भित्र विद्यार्थी बस्न जोखिम भएपछि अस्थायी सिकाई कक्षा बनाइएका हुन् ।

अस्थायी कक्षालाई केही फिनिसिङ गरेपछि पछि पठन पाठन सुरु गर्न सकिने पौडेलले बताउनुभयो । विद्यार्थीलाई अहिले खुल्ला चौरमा राखेर पठनपाठन गराइँदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार