रुकुम पश्चिम : भूकम्प प्रभावितको अस्थायी आवासका लागि रकम निकासा

रुकुम पश्चिम : भूकम्प प्रभावितको अस्थायी आवासका लागि रकम निकासा

तस्बिर-फाइल

मुसिकोट । रुकुम पश्चिममा भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा सुरु गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति रुकुम पश्चिमले पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा उक्त रकम पठाउन लागिएको हो ।

मंगलबार जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्ता वापतको रकम पठाइएको निर्णय अनुसार आजै रकम पठाइएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८० (दोस्रो संम्शोधनसमेत) परिच्छेद २ को ३ (१) बमोजिम उक्त रकम निकासा गर्ने निर्णय भएको हो ।

पहिलो किस्तामा एक घरपरिवारले पाउनुपर्ने रु २५ हजार रकम अन्तरगत त्रिवेणी गाउँपालिका स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पहिलो किस्तामा १६ लाख रकम पठाइएको छ ।

अस्थायी आवास पूर्ण निर्माण भएपछि बाँकी रकम पठाइने प्रजिअ पन्त भनाइ छ । भूकम्पबाट घर क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि सरकारले ५० हजार राहत उपलध गराउने निर्णय गरिसकेको छ

त्यस्तै त्रिवेणी गाउँपालिका बाहेक अन्य पालिकाबाट अस्थायी आवास लाभग्राहीहरुको विवरण संख्या नआइसकेकाले तत्काल पठाउन अनुरोध गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार