मुसिकाेट नगरपालिकाले थाल्यो विद्यालय अनुगमन

मुसिकाेट नगरपालिकाले थाल्यो विद्यालय अनुगमन

मुसिकाेट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले नगर भित्र रहेका विद्यालयहरुको अनुगमन सुरु छ । नगरपालिकाकाे शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालय सुधार कार्यक्रम अन्तरगत नगरपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुको अनुगमण थालिएको हो ।

शुक्रबार सम्म ८ वटा विद्यालय अनुगमण गरिसकेको नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विनाराम खड्काले जानकारी दिनुभयो । अनुगमणको क्रममा विद्यार्थीको उपस्थिति, भौतिक पुर्वधारको अवस्था, सिक्षण सिकाईका गतिविधि लगायत हर्ने गरेको उहाँको भनाई छ । त्यस्तै विद्यार्थी, शिक्षक र अभिभावकहरु विचको अन्तरक्रिया र समन्वयका बारेमा पनि छलफल हुने गरेको शाखा प्रमुख खड्काले जानकारी दिनुभयो ।

नगरपालिकामा रहेका सवै विद्यालयहरुको अनुगमण पछि प्रतिवेदन तयार गरिने बताईएकाे छ । अनुगमणको क्रममा देखिएका समस्या, त्यसको समधानको पाटो र विभिन्न सल्लाह सुझाव सहितको प्रतिवदेन तयार पारिने खड्काले बताउनुभयो । मुसिकाेट नगरपालिकामा ५५ सामुदायिक, १० सस्थागत गरि जम्मा ६५ वटा विद्यालय रहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार