सोती घटनाका २४ आरोपीलाई जन्मकैदको फैसला

सोती घटनाका २४ आरोपीलाई जन्मकैदको फैसला

मुसिकोट । २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डको फैसला भएको छ ।

उक्त घटनामा संलग्न भएको भन्दै रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको छ । मगलबार जिल्ला न्यायाधीस खड्क बहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्धा दर्ता भएका ३४ जना मध्य २४ जनालाई जन्मकैदको फैसला गरेको हो ।

पूर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोईरालाले जानकारी दिनुभयो ।

यसैगरी घटनामा संलग्ग भएको भन्दै तारेकमा रिहा भएकी किशोरी र आमालाई जातिय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना भएको छ । तारेकमा रहेका अन्य आठ जनालाई उक्त मुद्धामा सफाई दिईएको छ ।

जन्मकैदको फैसला भएका मध्य मल्ल ठकुरी थरका सबैलाई जातिय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना समेत तोकिएको छ । यसैगरी पीडितका परिवारहरुलाई प्रतिवादीका तर्फबाट जनही ४० हजार जरिवाना दामासाहि तरिकाले उपलब्ध गराउने फैसला भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार