फैसलापछि नवराजकी आमाले भनिन् : छोराको आत्माले शान्ति पाउनेछ !

फैसलापछि नवराजकी आमाले भनिन् : छोराको आत्माले शान्ति पाउनेछ !

फाईल फोटो

मुसिकोट। २०७७ जेठ १० गतेका दिन भएको सोती घटनामा जाजरकोटका नवराज बिकसहित ६ जनाको हत्या भएको ठहरसहित घटनामा संलग्न २४ जनालाई रुकुम जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।

साढे तीन बर्ष न्यायको लागि विभिन्न निकाय र स्थानमा भौतारिएका मृतककका आफन्जनहरुले अदालतबाट न्याय पाएको बताएका छन् । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जना र तारेखमा छुटेका एक जना गरेर २४ जनालाई जन्मकैदको फैसला सुनाएको लगत्तै नवराज विकको आमा उर्मिला विकले आफुहरुले न्याय पाएको महसुश गरेको बताइन् ।

तीन दिनदेखि अदालतको गेटमा धर्नामा बसेकी उनीले छोरा त गुमायौं, गुमायौं, न्याय पाउँदैनौ कि भन्ने डर र शंका लागिरहेको बेला जिल्ला अदालत रुकुम पश्चिमले न्याय दिएको प्रतिक्रिया दिईन्।

नवराजकी आमा उर्मिलाले आफ्नो छोरासँग प्रेम गर्ने केटी, उनकी आमालाई भने थोरै सजाय भएकोमा दुख व्यक्त गरेकी छन् ।

जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले मंगलबार घटनामा संलग्न रहेकामध्ये २४ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

ज्यान मुद्दामा प्रतिवादी बनाएका मृतक नवराज विककी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल र ५० हजार जरिवाना गरिएको अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोईरालाले जानकारी दिनुभयो । घटनामा संलग्न भएका आठ जनालाई भने सफाइ दिईएको छ ।

यसैगरी जन्मकैद फैसला भएका मध्य मल्ल र ठकुरी थर भएकाहरुलाई जातिय छुवाछुत कसुरमा दुई बर्ष जेल र ५० हजार जरिवाना तोकिएको छ । दोषिहरुले मृतकका परिवारलाई जनहि ४० हजारका दरले क्षतिपूर्ति भराउने र मृतकका परिवारलाई दामासाहि तरिकाले उपलब्ध गराउने आदेश भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार