सानीभेरी ४ मा करिब ८ सय अस्थायी आवास बनाउन सिफारिस

सानीभेरी ४ मा करिब ८ सय अस्थायी आवास बनाउन सिफारिस

सानीभेरी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ४ मा करिब ८ सय अस्थायी आवास निर्माणका लागि सिफारिस गरिएको छ ।

भूकम्पको कारण भत्किएका र जोखिममा रहेका घरहरुको लगत संकलनको क्रममा ७७० घर बस्न नमिल्ने अवस्थामा रहेको पाईएको वडा अध्यक्ष मनोज कुमार बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसा यी सबै घरलाई अस्थायी आवास तथा पुनर्निर्माणका लागि गाउँपालिका सिफारिस गरि पठाईसकिएको छ । अझै केहि संख्या बढ्न सक्ने उहाँले जनाउनुभयो ।

वडाका ८५४ घरमूलि बस्ने ७७० घर बस्न नमिल्ने भएकोले अहिलेलाई अस्थायी आवासको प्रक्रियामा लगिएको छ । वडा अध्यक्ष बुढाथोकीका अनुसार वडाका सबै भूकम्प प्रभावितहरुले पहिलो चरणको राहत पाईसकेका छन् । भूकम्पको कारण यस वडाका ५ जनाको मृत्यु भएको थियो । ३ जनाको वडा क्षेत्रमै र दुई जनाको जाजरकोटको रिम्नामा मृत्यु भएको थियो ।

राहत वितरणमा मृतकका परिवारलाई पहिलो प्राथमिकता दिईएको वडा अध्यक्ष बुढाथोकीले जनाउनुभयो । त्यसपछि बालबालिका, सुत्केरी, जेष्ठ नागरिक, दीर्घ रोगी, अपांगता भएका व्यक्ति र एकल महिलाहरुलाई प्राथमिकिकरण गरेर राहत दिईएको हो ।

विभिन्न निकायहरुबाट प्राप्त राहत सामाग्रीहरु वडाका सबै प्रभावितहरुलाई उपलब्ध गराईसकिएको छ । वडा अध्यक्ष बुढाथोकीले अब अस्थायी आवास निर्माणको काम तिब्र भईरहेको बताउनुभयो ।

वडामा रहेका सबै राजनीतिक दलहरु र सरोकारवालाहरुको समन्वयमा भूकम्पको क्षति सामना गर्न लागिपरेको उहाँले जानकारी दिनुभयो । भूकम्पको कारण यस वडामा तीन वटा विद्यालय प्रभावित भएकोमा हाल अस्थायी सिकाई केन्द्र मार्फत पठनपाठन सुरु गरिएको छ ।

वडाका अधिकांश घरहरु कच्चि भएकोले भूकम्पको कारण बढी क्षतिभएको उहाँको भनाई छ । वडाका जनप्रतिनिधहरु रातदिन भूकम्प प्रभावितहरुको सेवा, लगत संकलन लगायतका काममा खटिएको वडा कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार