७ जना विद्यार्थी, २ शिक्षक

७ जना विद्यार्थी, २ शिक्षक

सल्यान  । सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना बढाउन सरकारले छात्रवृत्ति, दिवा खाजालगायतका कार्यक्रम सञ्चालन गरेको छ । केही विद्यालयमा विद्यार्थी संख्या बढे पनि सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–६, डुडाखोलास्थित भैरवी प्राथमिक विद्यालयमा विद्यार्थी संख्या भने बढ्न सकेको छैन ।

कक्षा १ देखि ३ सम्म सञ्चालित विद्यालयमा अहिले २ शिक्षक र ७ जना मात्र विद्यार्थी रहेका छन् ।

विद्यालयले विद्यार्थी संख्या बढाउन हरेक किसिमका प्रयत्न गर्दै आए पनि सकारात्मक नतिजा भने देखिएको छैन । कक्षा ३ सम्म सञ्चालित विद्यालयमा १ मा ३, २ मा २ र ३ मा ३ जना मात्र विद्यार्थी रहेका विद्यालयका प्रधानाध्यापक गोविन्द बीसीले बताए । शिक्षा ऐन अनुसार पहाडमा एक शिक्षक बराबर ४५, तराईमा ५० र हिमालमा ३० विद्यार्थी हुनुपर्ने उल्लेख भए पनि विद्यालयमा एक शिक्षक बराबर तीन जना पुग्ने गरेका उनले जानकारी गराए । प्रधानाध्यापक बीसीले सुविधा खोज्दै स्थानीयले बसाइँसराइ रोजेका कारण पनि विद्यालयमा विद्यार्थी संख्या नबढेको बताए ।

२०४६ सालमा स्थापना भएको विद्यालयमा २०७० सालसम्म ५० भन्दा बढी विद्यार्थी रहेका थिए । तर २०७५ यता भने लगातार विद्यार्थी संख्या घटिरहेको छ । ‘हामीले विद्यार्थी संख्या बढाउन सुर्नौली, आमखोली तथा आसपासका बस्तीका घरघरमा गएर अभिभावकसँग आग्रह गर्दै आएका छौँ । बस्तीदेखि विद्यालय एक घण्टाको दूरीमा भएकाले अभिभावकले साना बालबालिका पढाउन मान्दैनन्,’ प्रधानाध्यापक बीसीले भने । कान्तिपुरबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार