रुकुममा माओवादी अध्यक्षद्वारा वडा अध्यक्षमाथि हातपात

रुकुममा माओवादी अध्यक्षद्वारा वडा अध्यक्षमाथि हातपात

चौरजहारी । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष ईन्द्र बहादुर गिरीमाथि हातपात भएको छ ।

बिहिबार वडा कार्यालयमा वडा अध्यक्ष गिरीमाथि नेकपा माओवादी केन्द्रका चौरजहारी नगर कमिटी अध्यक्ष सुदास स्वर्णकारले हातपात गर्नुभएको बताईएको छ ।

भूकम्प प्रभावितहरुलाई आएको राहत वितरण र अस्थायी टहरा निर्माणको बिषयमा भएको विवादको क्रममा नगर अध्यक्ष स्वर्णकारले वडा अध्यक्षलाई हातपात गरेको बताईएको छ । वडा कार्यालय भित्रै घाँटि समाएर हातपात गरिएको र कागजातहरु फालिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

घटनाको सूचना लगत्तै ईलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरी टोलीले सुनारलाई नियन्त्रणमा लिएको थियो । घटनाको सूचना लगत्तै ईलाका प्रहरी कार्यालयमा आई पुगेका नगर प्रमुख पुष्प बादीले पार्टीका नगर अध्यक्ष स्वर्णकारलाई नगरपालिकामै छलफल गर्ने भन्दै लिएको बताईएको छ ।

वडा अध्यक्ष गिरीलाई पनि नगरपालिका लिएर छलफल गराईएको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार