भूकम्प पीडितको अस्थायी आवास बनाउन काँग्रेस कास्कीद्वारा ३ लाख सहयोग

भूकम्प पीडितको अस्थायी आवास बनाउन काँग्रेस कास्कीद्वारा ३ लाख सहयोग

मुसिकोट । रुकुम पश्चिममा भूकम्प पीडित परिवारको अस्थायी आवास निर्माणको लागि नेपाली काँग्रेस कास्कीले आर्थिक सहयोग गरेको छ ।

नेपाली काँग्रेस रुकुम पश्चिमका सह सचिव यज्ञ विष्टका अनुसार १५ वटा अस्थायी आवास निर्माणका लागि नेपाली काँग्रेस कास्कीबाट तीन लाख सहयोग प्राप्त भएको हो। सो रकम नेपाली काँग्रेस रुकुम पश्चिम मार्फत भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि खर्च हुने जनाइएको छ ।

भूकम्प पीडितको घाउमा मलहम लगाउनका लागि सकेको सहयोग गरेको नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिनुभयो ।

सभापति बराल सहित कास्कीबाट आएको नेपाली काँग्रेसको टोलीले उक्त रकम नेपाली काँग्रेस रुकुम पश्चिमका सह सचिव यज्ञ विष्ट लगायतलाई चेक रकम र न्यानो कपडा हस्तान्तरण गरेको नेपाली काँग्रेस रुकुम पश्चिमले जानकारी गराएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मान बहादुर नेपाली, कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकाया, मुसिकोट नगरपालिका मेयर महेन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाली काँग्रेस कास्कीले जाजरकोटका २५ भूकम्प पीडित परिवारको अस्थायी आवास निर्माणको लागि पाँच लाख ६० हजार आर्थिक सहयोग गरिएको जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार