कर्मयोग फाउण्डेशनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

कर्मयोग फाउण्डेशनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

मुसिकोट । भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई कर्मयोग फाउण्डेशनले न्यानो कपडा प्रदान गरेको छ ।

जाडो मौसम सुरु भएसँगै फाउण्डेशनले आठविसकोट नगरपालिका वडा नम्बर १४ मा रहेको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

समाजसेवी मदन शाहका अनुसार फाउण्डेशनका अध्यक्ष सौरभ रिमालको नेतृत्वमा आएको टिमले विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्दै आएका २६५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

जाडो मौसममा साना बालबालिकाको स्वास्थ्यलाई राहत र पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले फाउण्डेशनले न्यानो कपडा वितरण गरेको अध्यक्ष रिमालले जानकारी दिनुभयो ।

फाउण्डेशनले भूकम्पबाट प्रभावित परिवारहरुलाई यसअघि राहत सामाग्री वितरण गरेको जनाइएको छ । फाउण्डेशनले त्रिपाल, ब्लांकेट, चिनी, चिउरा, दाल, तेल, नुन लगायतका राहत सामाग्री वितरण गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार