पूर्व गृहमन्त्री बालकृष्ण खाँण रिहा

पूर्व गृहमन्त्री बालकृष्ण खाँण रिहा

पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर रिहा हुनुभएको छ । उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा तथा सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

त्यसअघि आजै दिउँसो खाणले उच्च अदालत पाटनको हिजो बिहीवारको आदेशअनुसार ३० लाख रुपैयाँ धरौटीबापतको रकम जिल्ला अदालत काठमाण्डौमा पुगेर बैंक ग्यारेन्टी पेस गर्नुभएको थियो । उच्च अदालत पाटनको आदेशअनुसार खाण आज धरौटी रकम जम्मा गर्न जिल्ला अदालत काठमाण्डौ पुग्नुभएको थियो । लगत्तै उहाँलाई सम्पत्ति  शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हाजिर गराइएको थियो ।

खाण गएको वैशाख २७ गते बिहान काठमाण्डौको मैजुबहाल घरबाट पक्राउ पर्नुभएको थियो । खाणसहित यो प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेलगायतलाई गएकाे असार १ मा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाण्डौले आदेश दिएको थियो । त्यसपछि खाणसहितका आरोपीहरू उच्च अदालत पाटन गएका थिए । उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा यही मङ्सिर १५ गते खाणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरूको राय बाझिएको थियो । त्यसपछि हिजो तेस्रो न्यायाधीशकहाँ पेस हुँदा उहाँलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार