भूकम्प प्रभावित क्षेत्रका दीर्घरोगीलाई आर्थिक सहयोग

भूकम्प प्रभावित क्षेत्रका दीर्घरोगीलाई आर्थिक सहयोग

आठविसकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका रहेका भूकम्प प्रभावित क्षेत्रमा रहेका ४५ जना दीर्घरोगीलाई अमेरिकामा रहेको नेपाली लाईभ चर्चले सहयोग गरेको छ ।

उक्त नेपाली कमिटी लाइभ चर्च मार्फत ६ लाख भूकम्प प्रभावितका बाट मृतकका परिवार र दीर्घरोगीको लागि सहयोग पठाएको हो ।

उक्त रुपैयाँ आठविसकोट नगरपालिका रहेको आयालोन स्थिर ए.जि.चर्च पास्टर रमेश कुमार शाही को सहकार्यमा ४५ जना दीर्घरोगिलाइ ३ लाख बढी रकम वितरण गरिएको छ ।

उक्त आर्थिक सहयोग विरामिको अवस्था को आधारमा १२ जनालाइ १० हजार दरले वितरण गरिएको छ भने ३३ जना दीर्घरोगिलाइ ५ हजारको दरमा वितरण गरिएको पास्टर शाहिले बताउनु भयो ।

यस अघि पहिलो चरणमा २८ जना मृतकका परिवार १० हजारको दरले वितरण गरिएको पास्टर शाहिले बताउनुभयो ।

उता अमेरिका मा रहेका बटालाले आफुले सकलन गरेर पठाएको रकम सहि ठाउँमा सदुपयोग गरेको मा आठविसकोट नगरपालिका रहेको आयालोन स्थिर ए।जि।चर्च लगायत आठविसकोटमा राहत वितरण गर्न सहयोग गर्ने सबैलाई विशेष धन्यवाद समेत दिनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार