डिग्रे शाईकुमारीको १८ औँ साधारण सभा सम्पन्न

डिग्रे शाईकुमारीको १८ औँ साधारण सभा सम्पन्न

मुसिकोट । डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाको १८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार खलंगामा भएको साधारण सभाले आर्थिक वर्ष ०७९/०८० असार मसान्त सम्मको संस्थाको सागठनिक र लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

साधारण सभाको अवसरमा संस्था अध्यक्ष बेदराज शर्माले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको शेयर सदस्य ४ हजार ८७१ पुगेको उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै चार वटा सेवा केन्द्र र केन्द्रिय कार्यालयबाट सेवा दिइहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थामा २ हजार २५६ महिला र २ हजार ६१५ पुरुष शेयर सदस्य रहेका छन् ।

त्यस्तै अध्यक्ष शर्माले प्रस्तुत शर्माले चालु आर्थिक बर्ष २०८०/८१ को नयाँ प्रस्तावित कार्यक्रमको बारेमा पनि जानकारी गराउनुभएको छ । संस्थाले चालु आर्थिक वर्षमा शेयर सदस्यहरुको दुर्घटना विमा गर्ने योजना बनाएको छ । त्यस्तै कर्मचारीहरुलाई क्षमता अभिवृति तालिम दिने, सेवा केन्द्रहरुमा सिसि क्यामेरा जडान गर्ने योजना पनि साधारणसभामा सुनाईएको छ ।

त्यस्तै संस्थाका कोषाध्यक्ष मोहबिर खड्काले आर्थिक बर्ष २०७८/७९ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । गत आर्थिक वर्षमा ३ करोड २३ लाख ७५ हजार २५७ आय रहेकोमा २ करोड ७ लाख ६९ हजार ९३६ रुयैयाँ खर्चभएको थियो । त्यस्तै १ करोड १६ लाख ५३ हजार ३२१ नाफा संस्थामा भएको आर्थिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै संस्थाले पेन्सन सुविधा अन्तरगत ४ वटा समुहलाई पेन्सन पनि उपलव्ध गराईसकेको छ । संस्थजाले लघुवित्त समुहमा आवद्ध सदस्यहरुलाई शिक्षा तथा पेनसन योजना अन्तरगत १५ बर्ष अवधि पुगेका सदस्यहरुलाई पेन्सन दिने गरेको छ ।

साधारणसभामा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाकी उपाध्यक्ष मनिषा भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव ज्ञानुकुमार शर्माले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार