नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा यमराज ओलि

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा यमराज ओलि

मुसिकोट । नेपाल राष्ट्रिय शिक्षक संगठन रूकुम पश्चिमको १३ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ । संगठनको शनिबार मुसिकोटमा सम्पन्न अधिवेशनबाट यमराज ओलिको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्ष जनार्दन शर्मा, भगवती शर्मा, सचिव टिकाराम बिष्ट, सहसचिव मोतिका के सी, कोषाध्यक्ष डण्डप्रसाद शर्मा र सह कोषाध्यक्षमा पवित्रा रोकाय निर्वाचित हुनुभएको हो ।

सदस्यहरुमा शंकर बिक,रूद्र बहादुर ओलि, शेखर दहाल, दिनेश खड्का, केशर बहादुर खर्ती, मरिचमान बिष्ट, भिम बहादुर बुढा, लगायत रिक्त पदमा पहिलो बैठकबाट मनोनीत हुनेगरि निर्वाचित गरिएको सचिव टिकाराम बिष्टले जानकारी दिनुभयो ।

प्रदेश प्रतिनिधिमा गोपाल केसी, जगत ओली , प्रमोदकुमार ओलि, इन्द्र बहादुर खत्री, मरिचमान बिष्ट ,आराधाना शर्मा, कमला रिजाल शर्मा निर्वाचित हुनु भएको छ।

त्यसै गरि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोक बहादुर खत्री र शारदा डाँगी निर्वाचित हुनु भएको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णालि प्रदेश इन्चार्जको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेकपा एमाले रूकुम पश्चिमका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, सचिव शशिराम नेपाली, पूर्व जिल्ला अध्यक्ष तथा प्रदेश कमिटि सदस्य टंक प्रसाद ओलि विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा १२५ भन्दा बढि शिक्षक प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सचिव टोपबहादुर हमालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अध्यक्षता गणेश बहादुर केसीले गर्नुभएको थियो। अधिवेशनमा सांगठनिक प्रतिवेदन सचिव टोप बहादुर हमालले गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन केशर बहादुर खत्रीले प्रस्तुत गर्नुभएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार