भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरुमा आर्थिक सहयोग

भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरुमा आर्थिक सहयोग

मुसिकाेट । रुकुम पश्चिमका भुकम्प प्रभावित क्षेत्रका विद्यालयहरुमा आर्थिक सहयोग गरिएको छ । जापानमा रहेका व्यवसायी तथा विद्यार्थीहरुले आर्थिक संकलन गरेर आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका ५ वटा विद्यालयमा आर्थिक सहयोग गरिएको हो ।

जापानमा व्यवसाय तथा अध्यन गरिरहेका विद्यार्थीहरुले आर्थिक संकलन गरेर रुकुम पश्चिममा रकम पठाएका थिए । तिन पालिकाका ५ वटा प्रति विद्यालय ५० हजारका दरले आर्थिक सहयोग गरिएको हो । आज नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सदस्य दिपेन्द्र महताराको समन्वयमा आज विद्यालयहरुमा रकम हस्तान्तरण गरिएको हो ।

जापानबाट २ लाख ६५ हजार ७ सय ५५ रकम विद्यालयहरुको लागि आएको महताराले जानकारी दिनुभयो ।  जापानमा रहनुभएको नरेश ओलीको नेतृत्वमा आर्थिक संकलन भएको हो । ऊक्त रकम आज जनविकास आधारभुत विद्यालय आठविसकोट नगरपालिका– १२ ठुलीबार्खुमा हस्तान्तरण  गरिएको छ ।

त्यस्तै जोलीपीपल आधारभुत आठविसकोट– ९ कटेली, आधारभुत विद्यालय घामताप्ने सानीभेरी गाउँपालिका– ५, सरस्वति मावि अर्मा सानीभेरी १० र हिमालय माध्यामिक बिद्यालय त्रिवेणी गाऊपालिका १० नुवाकोटमा आर्थिक सहयोग गरिएको हो । विद्यालयमा सहयोग गरिएको रकमले विद्यार्थीको आवश्यकता अनुसार सामाग्रि खरिद गरिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार