रुकुम पश्चिममा दादुरा रुबेला र टाइफाइड विरुद्धको खोप सुरु

रुकुम पश्चिममा दादुरा रुबेला र टाइफाइड विरुद्धको खोप सुरु

मुसिकोट । आजबाट रुकुम पश्चिममा दादुरा–रुबेला र टाइफाइड विरुद्धको टि.सि.भी खोप अभियान सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि पुष १४ गतेसम्म भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गर्ने कार्यक्रम अन्तरगत रुकुम पश्चिममा पनि सुरु गरिएको हो ।

६ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप र १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिहरूलाई टाइफाइड विरुद्धको टि.सि.भी खोप दिइने स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।

खोप अभियानमा दिइने दादुरा–रुबेला खोप थप मात्रा भएकोले पहिला जतिपटक लगाएको भए पनि यस अभियानमा अनिवार्य रूपमा एक मात्रा खोप लगाउन स्वास्थ्य सेवा कार्यालयले आग्रह गरेको छ।

खोप अभियान सञ्चालन हुने स्थान र मितिबारे थप जानकारीका लागि नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था वा विद्यालयमा सम्पर्क गर्न कार्यालयको आग्रह छ । खोप लगाउन आफूसँग भएका नियमित खोप कार्ड लिएर जानुपर्ने छ ।

अभियानबाट जिल्लाका एक लाख २४ हजार एक सय १५ जनालाई खोप लगाउने लक्ष राखिएको छ ।

साथै नियमित खोप लगाउन छुटेका ९ महिना देखि ५ वर्ष उमेर सम्मका बालबालिकालाई छुट खोप पनि दिईने भएकाले आफूसँग भएको नियमित खोप कार्ड लिएर आउन पनि स्वास्थ्य सेवा कार्यालयले आग्रह गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार