मृतक प्रहरी जवानको परिवारलाई आर्थिक सहयोग

मृतक प्रहरी जवानको परिवारलाई आर्थिक सहयोग

मुसिकोट । बाँके प्रहरीले मातहतका कर्मचारीसँग रकम संकलन गरेर  सवारी-साधनकाे ठक्करबाट मृत्यु भएका प्रहरी जवान विशाल ओलीकाे परिवारलाई हस्तान्तरण गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगी र इलाका प्रहरी कार्यालय, काेहलपुरका डिएसपी सुन्दर तिवारीले रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ काउलेचौर पुगेर मृतक प्रहरी जवान ओलीकाे परिवारलाई २ लाख सन्ताउन्न हजार नाै सय अठासी रुपैयाँ सहयाेग गरेकाे हाे।

प्रहरी जवान विशाल ओलीलाई गत मङ्सिर २८ गते राति कोहलपुरको मदनचोकमा डिउटीमै रहेका बेला पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे १ च ३४०७ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो । ठक्कर दिएपछि उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उहाँको मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार