बैंकिङ कसुरमा उद्योग वाणिज्य संघका सदस्य पक्राउ

बैंकिङ कसुरमा उद्योग वाणिज्य संघका सदस्य पक्राउ

दाङ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन्। बुढाथोकी बैंकिङ कसुरमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला अदालत बाँकेले ७ लाखको चेक बाउन्समा फैसला सुनाउँदै उनलाई सजाय तोकेको थियो। अदालतको फैसला कार्यान्वयन गर्न बुढाथोकीलाई घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले बताए।

लामो समयदेखि कुखुरा व्यवसायमा कारोबार गर्दै आएका उनलाई दाना कम्पनीले अदालतमा चेक बाउन्समा मुद्दा हालेको थियो। डिएसपी मल्लले जिल्ला अदालत बाँकेको आदेशका आधारमा पक्राउ गरेर उतै पठाएको बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार