प्रेस युनियन रुकुम पश्चिमको अध्यक्षमा सुमित्रा केसी निर्वाचित

प्रेस युनियन रुकुम पश्चिमको अध्यक्षमा सुमित्रा केसी निर्वाचित

मुसिकोट । नेपाल प्रेस युनियन रुकुम पश्चिमको सातौँ जिल्ला अधिवेशन मुसिकोटमा सम्पन्न भएको छ । आईतबार सम्पन्न अधिवेशनले सुमित्रा केसी को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

उपाध्यक्षमा गोविन्द थापा र गिता डाँगी चयन हुनुभएको छ भने सचिवमा करण विक निर्वाचित निर्वाचित हुनुभएको छ । त्यसैगरी समितिको सह-सचिवमा करिष्मा केसी र कोषाध्यक्षमा रतन शाही निर्वाचित हुनुभएको छ ।

कार्यसमितिको सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष केसी बताउनुभयो । समितिको सदस्यहरुमा चक्र विष्ट, अनिशेष केसी, आयुुषा कमाल, सोविराम केसी र भावना बुढाथोकी निर्वाचित हुनुभएको छ ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आथित्यता रहेको उदघाटन सत्रमा नेपाली काँग्रेसका सभापति प्रेम प्रकाश ओलीको बिशेष आथित्यता रहेको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलिप पौडेल, पूर्व बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उप-महासचिव कमल पन्त, कोषाध्यक्ष माधव धिताल, केन्द्रिय सदस्य प्रविर ददेल, प्रेस युनियन लुम्बिनी प्रदेश महासचिब नविन गिरी, सुर्खेत शाखा अध्यक्ष मधुवन विसि, पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीको आतिथ्यता रहेको थियो ।

त्यस्तै नेपाली काँग्रेसका सचिव परमेश्वर भण्डारी, सह सचिव यज्ञ बहादुर बिष्ट, नेताहरु अम्मरसिंह खड्का, शिब आचार्य, गोरख बहादुर खत्री, पाटि प्रवक्ता लालबहादुर ओली लगायतको आतिथ्यता रहेको थियो ।

त्यसैगरी नेपाल प्रेस युनियन रुकुम पश्चिमको आयोजनामा आजै विपद व्यवस्थापनमा प्रेसको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले विपदमा सञ्चारजगतको भूमिका महत्वपूर्ण हुुने बताएका थिए ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले भूकम्प प्रभावित पत्रकाहरुको लागि न्यानो ज्याकेटसहितका सामाग्री प्रेस युनियन जिल्ला शाखालाई हस्तान्तरण गर्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार