अब आठबिसकोटबाटै मालपोत र नापीको सेवा

अब आठबिसकोटबाटै मालपोत र नापीको सेवा

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा आईतबारबाट मालपोत र नापीको सेवा सुरु भएको छ । सेवा ग्राहीहरुलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उदेश्यले नापी तथा मालपोत कार्यालयबाट सेवा आरम्भ गरिएको हो ।

आज एक कार्यक्रमकाबीच आठबिसकोटका नगर प्रमुख रवि केसीले उद्घाटन गरे सँगै सेवा सुचारु भएको हो । यसअघि आठबिसकोटका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन सदरमुकाम मुसिकोट पुग्नुपर्ने बाध्यता थियो । नागरिकले सेवा लिन असहज भएको भन्दै गुनासो गरेसँगै सरकारले शाखा बिस्तार गरेको हो ।

२०७८ चैत १७ गतेको मन्त्री परिषद् बैठकको निर्णय अनुसार बाँकेको कोहलपुर, डडेल्धुराको जोखवुढा, महोत्तरीको गौशला, रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आठबिसकोटमा स्थापना भएका दुबै कार्यालयलाई सञ्चालनमा ल्याइएको हो । आजदेखि सेवा सुरु भएको उक्त कार्यालयमा पहिलो सेवाग्राहीका रुपमा देउदत्त बटाला र प्रेम बहादुर शाहीले सेवा लिनुभएको छ । उहाँहरुलाई नगर प्रमुख केसीले जग्गा धनी प्रमाणपत्र सहित कागजजात हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा आठबिसकोटका नगर प्रमुख रवि केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह, कर्मचारी, जनप्रतिनिधी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार