रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पामा सोमबार राति ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ र दुर्घटनामा एकजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक नारायण गुप्ताले दिएको जानकारी अनुसार लु १ त ४९७० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुनिलस्मृति गाउँपालिका– ७ तेवाङका २१ वर्षीय चालक तिलक विष्टको मृत्यु भएको छ ।

दुर्घटनामा लुङग्री गाउँपालिका– ४ सानो नम्जाका ४२ वर्षीय लिलामणि विष्ट गम्भीर घाइते छन्। जिल्ला प्रहरी प्रवक्ता गुप्ताका अनुसार घाइते विष्टलाई थप उपचारका लागि बुटवल लगिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार